१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार
काठमाडौं नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।
आज मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५भाडाकार (ट्याक्सी) र ३१९ वटा साना तथा ठूला सवारी गरी जम्मा २३४५ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभएको छ । उनले आजै दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाडिएको बताए ।
एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।
नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने ४१,५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!