२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

नागरिकता संशोधन विधेयक प्रति असन्तुष्ट मुस्लिम समुदाय द्वारा विरोध

Logo
प्रकाशित बुधबार, आषाढ २४, २०७७

कृष्णनगर, कपिलवस्तु, अषाढ २४
नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ ।
विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता गरेपनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरु विराेध शुरु गरेका छन ।
आज कृष्णनगरमा मुस्लिम अगुवाहरुकाे संगठन इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लह खांले सरकारले नागरिकता ऐन संशोधन विधेयकबाट महिलामाथि विभेद बढाइ माैलिक अधिकारबाट बञ्चित गर्न खाेजेकाेले हामी यस विरुद्ध प्रदर्शन गरिएको बताउनुभएकाे छ। धर्म निरपेक्ष राष्ट्रमा खासगरि तराईका मधेशी ,मुस्लिम समुदायलाई लक्षित गरेरै याे संशोधन विधेयक ल्याइएकोले हाम्राे समुदायलाई राजनितीक प्रतिस्पर्धामा पछाडि पार्ने षड्यन्त्र गरिएकाे अध्यक्ष खांले आराेप लगाएका छन । नेपालका अधिकांश मुस्लिम समुदायका युवायुवतीहरुकाे विहे भारत लगायत अन्य देशमा हुने गरेकाले यस विधेयकले सबभन्दा बढी मुस्लिम समुदाय नै प्रभावित हुने अध्यक्ष खांले बताउनुभयो ।
स्थानीय मुस्लिम समुदायका लगभग सयौ जनाका काे उपस्थितमा आज रैलि निकालेर विराेध प्रदर्शन गरेका हुन । इत्तेहाद नेपाल मुस्लिम समुदायका हकहितमा वकालत गर्ने संस्था हाे ।कपिलवस्तु टाइम्स बाट सभार गरिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]