०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

नागरिकता संशोधन विधेयक प्रति असन्तुष्ट मुस्लिम समुदाय द्वारा विरोध

Logo
प्रकाशित बुधबार, आषाढ २४, २०७७

कृष्णनगर, कपिलवस्तु, अषाढ २४
नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ ।
विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता गरेपनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरु विराेध शुरु गरेका छन ।
आज कृष्णनगरमा मुस्लिम अगुवाहरुकाे संगठन इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लह खांले सरकारले नागरिकता ऐन संशोधन विधेयकबाट महिलामाथि विभेद बढाइ माैलिक अधिकारबाट बञ्चित गर्न खाेजेकाेले हामी यस विरुद्ध प्रदर्शन गरिएको बताउनुभएकाे छ। धर्म निरपेक्ष राष्ट्रमा खासगरि तराईका मधेशी ,मुस्लिम समुदायलाई लक्षित गरेरै याे संशोधन विधेयक ल्याइएकोले हाम्राे समुदायलाई राजनितीक प्रतिस्पर्धामा पछाडि पार्ने षड्यन्त्र गरिएकाे अध्यक्ष खांले आराेप लगाएका छन । नेपालका अधिकांश मुस्लिम समुदायका युवायुवतीहरुकाे विहे भारत लगायत अन्य देशमा हुने गरेकाले यस विधेयकले सबभन्दा बढी मुस्लिम समुदाय नै प्रभावित हुने अध्यक्ष खांले बताउनुभयो ।
स्थानीय मुस्लिम समुदायका लगभग सयौ जनाका काे उपस्थितमा आज रैलि निकालेर विराेध प्रदर्शन गरेका हुन । इत्तेहाद नेपाल मुस्लिम समुदायका हकहितमा वकालत गर्ने संस्था हाे ।कपिलवस्तु टाइम्स बाट सभार गरिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!