१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

८ जना प्रहरीको हत्या गर्ने मोस्त वान्टेड दुवेलाई खोज्दै भारतीय प्रहरी बाँकेमा

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

महेन्द्र सिंह
बाँके भारतको मोस्त वान्टेड’ विकास दुवे खोज्दै भारतीय प्रहरी नेपालगञ्ज आइपुगेका छन दुवेको बारेमा सूचना दिनेलाई दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको भारतीय प्रहरीको एक टोली बुधबार नेपालगञ्ज आइपुगेको हो ।
डीएसपीको कमाण्डमा आएको टोलीले बाँके प्रहरी प्रमुख एसपी ओम रानालाई भेटेको छ । भारतीय प्रहरीले दुवे नेपालगञ्ज नाका आसपासमा लुकेको हुन सक्ने आशंका गर्दै उसलाई पक्राउ गर्न बाँके प्रहरीसँग सहयोग मागेको छ ।
बाँके प्रहरी प्रमुख एसपी रानाले मोस्त वान्टेड दुवे नाकातिर लुकेर बसेको हुन सक्ने भएकाले उसलाई पक्राउ गर्न सहयोग मागिएको बताउनुभयो । ‘हामीले नाकामा कडाई गरिरहेका छौं, एसपी रानाले भन्नुभयो, भारतीय प्रहरी आएर पनि दुवेलाई पक्राउका लागि सहयोग गर्न आग्रह गरेका छन् ।’
भारतमा मस्ट वान्टेड रहेका दुवेका विरुद्धमा धेरै मुद्दा रहेका छन् । केही दिन अघि उनलाई पक्राउ गर्न जादा आठ जना प्रहरीको हत्या गरिएको थियो । खुल्ला नाका रहेकाले नेपालगञ्ज नाकाबाट नेपालमा आएर लुकेको हुन सक्ने भारतीय प्रहरीको आशंका रहेको छ । त्यसैपनि खुल्ला सीमाको फाइदा उठाउँदै नेपालका अपराधी भारतमा र भारतका अपराधी नेपालमा आएर लुकेर बस्ने गर्दछन् । यस्ता अपराधीलाई पक्राउ गर्न नेपाल र भारतका सुरक्षा अधिकारीहरुका बीचमा समन्वय हुँदै आएको छ । दुई देशका सीमावर्ती अधिकारीका बीचमा हुने बैठकहरुमा पनि सहयोग र समन्वयका कुराहरु हुने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

error: Content is protected !!