०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

८ जना प्रहरीको हत्या गर्ने मोस्त वान्टेड दुवेलाई खोज्दै भारतीय प्रहरी बाँकेमा

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

महेन्द्र सिंह
बाँके भारतको मोस्त वान्टेड’ विकास दुवे खोज्दै भारतीय प्रहरी नेपालगञ्ज आइपुगेका छन दुवेको बारेमा सूचना दिनेलाई दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको भारतीय प्रहरीको एक टोली बुधबार नेपालगञ्ज आइपुगेको हो ।
डीएसपीको कमाण्डमा आएको टोलीले बाँके प्रहरी प्रमुख एसपी ओम रानालाई भेटेको छ । भारतीय प्रहरीले दुवे नेपालगञ्ज नाका आसपासमा लुकेको हुन सक्ने आशंका गर्दै उसलाई पक्राउ गर्न बाँके प्रहरीसँग सहयोग मागेको छ ।
बाँके प्रहरी प्रमुख एसपी रानाले मोस्त वान्टेड दुवे नाकातिर लुकेर बसेको हुन सक्ने भएकाले उसलाई पक्राउ गर्न सहयोग मागिएको बताउनुभयो । ‘हामीले नाकामा कडाई गरिरहेका छौं, एसपी रानाले भन्नुभयो, भारतीय प्रहरी आएर पनि दुवेलाई पक्राउका लागि सहयोग गर्न आग्रह गरेका छन् ।’
भारतमा मस्ट वान्टेड रहेका दुवेका विरुद्धमा धेरै मुद्दा रहेका छन् । केही दिन अघि उनलाई पक्राउ गर्न जादा आठ जना प्रहरीको हत्या गरिएको थियो । खुल्ला नाका रहेकाले नेपालगञ्ज नाकाबाट नेपालमा आएर लुकेको हुन सक्ने भारतीय प्रहरीको आशंका रहेको छ । त्यसैपनि खुल्ला सीमाको फाइदा उठाउँदै नेपालका अपराधी भारतमा र भारतका अपराधी नेपालमा आएर लुकेर बस्ने गर्दछन् । यस्ता अपराधीलाई पक्राउ गर्न नेपाल र भारतका सुरक्षा अधिकारीहरुका बीचमा समन्वय हुँदै आएको छ । दुई देशका सीमावर्ती अधिकारीका बीचमा हुने बैठकहरुमा पनि सहयोग र समन्वयका कुराहरु हुने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!