१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

बाँकेमा मास्क नलगाई हिड्नेलाई सय रुपैया जरिवाना हुने

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

महेन्द्र सिंह
बाँके स्थानीय प्रशासनले बाहिर हिड्दा मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मास्क नलगाएर हिड्नेलाई सय रुपैया जरिवाना गर्ने तयारी गरेको बताउनुभयो । ‘मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रुपैया जरिवाना गर्ने तयारीमा छौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, ‘पर्सीबाट यो निर्णय लागु हुन्छ ।’
कोरोनाको जोखिम रहेकै बेला नेपालगञ्जमा सावधानी अपनाएको देखिदैन । बजारमा हिड्ने धेरैजसोले मास्क लगाएको पाइदैन । गृहमन्त्रालयले नै मास्क नलगाई हिड्नेलाई कारबाही गर्ने नीति अघि सारेपछि बाँके प्रशासनले ठाउँको ठाउँ जरिवाना गर्ने तयारी गरेको हो ।
सरकारले भीडभाड र सामाजिक दुरी कायम नहुने भन्दै यात्रुवाहक सवारी साधन, होटल रेष्टुरेन्टहरु खोल्न दिएको छैन । बजारमा हिड्नेलाई पनि सामाजिक दुरी कायम गर्न, मास्क लगाउन भनिएको छ । नेपालगञ्जमा भने त्यसको पालना गरेको देखिदैन ।
बाँकेमा आइसोलेसन सेन्टर र क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् । यद्यपि, फाटफुट रुपमा कोरोना देखिन छोडेको छैन । मान्छेको मनमा कोरोनाको डर हराउँदै गएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले हावाबाट कोरोना सर्ने चेतावनी दिइरहेको बेलामा बाहिर हिड्दा मास्क लगाउनु जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!