१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

शुक्रबारदेखि सार्वजनिक बस संचालन गर्न दिने सरकारको निर्णय

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

एबिसी संचार
काठमाडौं सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।
प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो । उपत्यका बाहिर सम्बन्धित जिल्लामा मात्रै सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालक र सहचालकले मास्क, स्यानिटाइजर र ग्लब्स प्रयोग गर्नुपर्ने छ । त्यस्तै सिटको लहरमा एक जना मात्रै राख्नुपर्ने ब्यवस्था भएको मन्त्रीखतिवडाले जानकारी दिनुभयो । मन्त्री खतिवडाले दिनुभएको जानकारीअनुसार सार्वजनिक यातायातमा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लाग्ने छ । यो निर्णय शुक्रबारबाट लागू हुनेछ । सरकारले ट्याक्सी सञ्चालनको अनुमति पनि दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]