२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सबैको सहयोगले संगठनलाई अगाडी बढ्छु आईजिपी : थापा

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताउनुभयो।
विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताउनुभयो।
सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने उहाँले बताउनुभयो।
महानिरीक्षक एक्लैले सबै अपेक्षा पुरा गर्न नसक्ने उल्लेख गर्दै उहाँले संगठनको महानिरीक्षकको सफलता/असफलता नै संगठनको सफलता असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
प्रहरी संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडी बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो।
थापाले संगठनभित्र आफ्नै सहकर्मीहरुलाई व्यवसायीक रुपमा निषेध गर्ने कुसंस्कारको अहिले अन्त्य भएको बताउनुभयो।
विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिपस्र्धालाई संकेत गर्दै उहाँले आफु र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताउनुभयो।
पाल र आफुबीच जो आइजिपी भएपनि सल्लाह र सहयोगमा अगाडी बढ्ने भद्र सहमति भएको खुलासा गर्दै थापाले संगठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कु संस्कार तोडिएको बताउनुभयो।
गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी थापा र पालको प्रतिस्पर्धाले संगठनको मूल्य मान्यताको प्रवर्दनका लागि ठूलो सहयोग गरेको बताउनुभयो।
आगामी दिनमा पनि नेतृत्वलाई सफल बनाउन सबैको सहयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो। उहाँले प्रहरी संगठनलाई असर गर्ने कुराहरु नगर्न÷नगराउन पनि सबैलाई तयार रहन आग्रह गर्नुभयो।
थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]