२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

तुल्सीपुर प्रहरी प्रमुख सिंहको सक्रियतामा टोलटोलमा सुरक्षा समित गठन

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

सागर थापा
दाङ इलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधमुक्त समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको योजना अघि सारेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिहिबार कामको समिक्षा गर्दै अपराधिक घटना न्युनिकरणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको अवधारणा अघि सारेको बताउनु्भयो ।
अपराध बढ्दै गएको अवस्थामा प्रहरीको जनशक्ति पर्याप्त नभएकाले अपराधिक गतिविधिमा कमि ल्याउन टोलटोलमा सुरक्षा समिति प्रभावकारी बन्ने उहाँले बताउनुभयो । प्रहरीले सबै टोल विकास संस्थालाई समेटेर सुरक्षा समिति निर्माण गर्ने भएको हो । यस्तै प्रहरीले घरेलु मदिरालाई रोक्नका लागि वडा अध्यक्षसंग समन्वय भइरहेको डिएसपी सिंहले बताउनुभयो ।
यस्तै उहाँले लागुपर्दाथ दुव्र्यसनीलाई निरुत्साहित गर्नका लागि अवैध गाँजा नष्ट गर्नेदेखि सेवन तथा दुव्र्यसनकर्तालाई पक्राउ गरिरहरको बताउनु्भयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुर अहिले सम्म एक महिनामा लागु औषध दुव्र्यसनीको आरोपमा ७ जनालाई पक्राउ गरिसकेको बताउनुभयो ।
यस्तै स्थानीय स्तरमा आफै उम्रिएको गाँजा नष्ट गर्ने अभियान पनि जारी रहेको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!