२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुल्सीपुर प्रहरी प्रमुख सिंहको सक्रियतामा टोलटोलमा सुरक्षा समित गठन

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

सागर थापा
दाङ इलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधमुक्त समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको योजना अघि सारेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिहिबार कामको समिक्षा गर्दै अपराधिक घटना न्युनिकरणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको अवधारणा अघि सारेको बताउनु्भयो ।
अपराध बढ्दै गएको अवस्थामा प्रहरीको जनशक्ति पर्याप्त नभएकाले अपराधिक गतिविधिमा कमि ल्याउन टोलटोलमा सुरक्षा समिति प्रभावकारी बन्ने उहाँले बताउनुभयो । प्रहरीले सबै टोल विकास संस्थालाई समेटेर सुरक्षा समिति निर्माण गर्ने भएको हो । यस्तै प्रहरीले घरेलु मदिरालाई रोक्नका लागि वडा अध्यक्षसंग समन्वय भइरहेको डिएसपी सिंहले बताउनुभयो ।
यस्तै उहाँले लागुपर्दाथ दुव्र्यसनीलाई निरुत्साहित गर्नका लागि अवैध गाँजा नष्ट गर्नेदेखि सेवन तथा दुव्र्यसनकर्तालाई पक्राउ गरिरहरको बताउनु्भयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुर अहिले सम्म एक महिनामा लागु औषध दुव्र्यसनीको आरोपमा ७ जनालाई पक्राउ गरिसकेको बताउनुभयो ।
यस्तै स्थानीय स्तरमा आफै उम्रिएको गाँजा नष्ट गर्ने अभियान पनि जारी रहेको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!