२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

रुकुममा पहिरोले घर पुरिएर २ जनाकाे मृत्यु एकजना घाइते

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

मनोज डांगी
रुकुम पश्चिम रुकुमको आठबिसकाेट नगरपालिका ३ काे स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमाईकाे घर पहिरोले पुरेको थियो । घर पहिरोले पुर्दा २८ वर्षीया सीता दमाई र उनका ६ वर्षका छाेरा हाविल परियारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ठगबहादुर केसीले जानकारी दिए
यस्तै घटनामा परि ८ वर्षीया हिरा परियार घाइते भएकाे उनलेे बताए ।घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले उद्दार कार्य गरिरहेकाे बताइएको छ । घटना स्थल जिल्ला सदरमुकाम बाट २ दिनको दुरिमा रहेको छ । लगातार पानी परेकाले अन्य ठाउँमा पनि क्षति हुन सक्ने भन्दै सतर्क हुन डिएसपी केसीले स्थानीयवासीलाई आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]