२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

रुकुममा पहिरोले घर पुरिएर २ जनाकाे मृत्यु एकजना घाइते

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

मनोज डांगी
रुकुम पश्चिम रुकुमको आठबिसकाेट नगरपालिका ३ काे स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमाईकाे घर पहिरोले पुरेको थियो । घर पहिरोले पुर्दा २८ वर्षीया सीता दमाई र उनका ६ वर्षका छाेरा हाविल परियारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ठगबहादुर केसीले जानकारी दिए
यस्तै घटनामा परि ८ वर्षीया हिरा परियार घाइते भएकाे उनलेे बताए ।घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले उद्दार कार्य गरिरहेकाे बताइएको छ । घटना स्थल जिल्ला सदरमुकाम बाट २ दिनको दुरिमा रहेको छ । लगातार पानी परेकाले अन्य ठाउँमा पनि क्षति हुन सक्ने भन्दै सतर्क हुन डिएसपी केसीले स्थानीयवासीलाई आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!