०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

सशस्त्र प्रहरी बाँकेले लाखौंको अवैध सुर्तीसहित भारतीय मोटसाइकल पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा नेपालगन्जमा भित्रीएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेतको कमान्डको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भज्जीपुर्वा भन्ने स्थानबाट आज बिहान ३ बजे सुर्तीजन्य सामाग्रीसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकल बरामद गरिएपनी चालकले मोटरसाइकल छोडेर भागेको नायब निरीक्षक बस्नेतले बताए।
बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती ५२५ पोका, कमलापसन्द ५० डिब्बा, तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामदी मोटरसाइकलसहित सुर्तीजन्य सामाग्रीको मूल्य १ लाख ५८ हजार १२५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ।
कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १६ लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ। बरामद गरिएका सामाग्रीलाई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!