२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

सशस्त्र प्रहरी बाँकेले लाखौंको अवैध सुर्तीसहित भारतीय मोटसाइकल पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा नेपालगन्जमा भित्रीएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेतको कमान्डको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भज्जीपुर्वा भन्ने स्थानबाट आज बिहान ३ बजे सुर्तीजन्य सामाग्रीसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकल बरामद गरिएपनी चालकले मोटरसाइकल छोडेर भागेको नायब निरीक्षक बस्नेतले बताए।
बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती ५२५ पोका, कमलापसन्द ५० डिब्बा, तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामदी मोटरसाइकलसहित सुर्तीजन्य सामाग्रीको मूल्य १ लाख ५८ हजार १२५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ।
कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १६ लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ। बरामद गरिएका सामाग्रीलाई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]