०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

बिपत्तको बेला यसरी गरिन्छ नदीमा डुबेकाहरुको उद्धार

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

महेन्द्र सिंह
बाँके तीन जना मानिस राप्ती नदीको बाढीमा फसेको सूचना आयो । जिल्ला विपद व्यवस्थापन समितिले तीन वटा सुरक्षा निकायलाई परिचालन ग¥यो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त टोली नदीमा पुग्दा दुई ठाउँमा तीन जना डुवानमा परिरहेका थिए । बोट लगेर उनीहरुको उद्धार गरियो । नदी किनारमा सकुशल ल्याइयो । घाइते भएकालाई रेडक्रसको टोलीले उपचार ग¥यो ।
त्यही बेला फेरि अर्को सूचना आयो, एक बालक नदीमा बेपत्ता भएका छन् । गोताखोर परिचालन गरियो । केहीबेरको खोजबिन पनि गोताखोरले बालकलाई भेटायो ।
यी सबै गतिविधि बाढी कृत्रिम घटना अभ्यास थियो । जिल्ला विपद व्यवस्थापन समितिले शुक्रबार राप्ती नदीको सिधनियामा गरेको थियो । बाढी आएमा डुबेकाको कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको थियो ।
नेपाली सेनाका जर्नेल सुरेश बानिया, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके जिल्लाका प्रहरी प्रमुख एसपी ओम राना, बाँके सशस्त्र प्रहरी प्रमुख एसपी दीपक अधिकारी, राष्ट्रिय अनुसन्धान, नेपालगञ्जका प्रमुख कमल भट्टराई, रेडक्रसका गोवद्र्धनसिंह सम्झनालगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितिमा बाढी कृत्रिम घटना अभ्यास गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले ठूलो बाढी आइहालेमा डुवानमा परेकाहरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरेको बताउनुभयो । विपत कुनै पनि बेला पर्न सक्ने भएकाले सुरक्षा निकायलाई तयारीमा अवस्था राख्न यस्ता अभ्यासहरु गरिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

error: Content is protected !!