१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

प्रहरीको तलब मासिक ५० हजार पुर्याउन सरकारसंग माग

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

एबिसी संचार
काठमाडौं प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।
सांसद कुलप्रसाद साम्बा(कुशल)ले प्रदेशका प्रहरीको न्यूनतम तलब मासिक ५० हजार पुर्याउन प्रदेश सरकारलाई आग्रह गरे । ‘खान लगाउन नै समस्या भए प्रहरीले काम गर्न सक्दैनन्’ साम्बाले भने प्रहरीको तलब न्यूनतम ५० हजार बनाउनुपर्छ ।’ उनले महिलालाई प्रहरीमा प्राथमिकता दिनु पर्ने धारणा राखे । साम्बाले २० प्रतिशत महिला राख्ने प्रावधान रहेकोमा पुरुष र महिला बराबर हुने व्यवस्था गर्न माग गरे । सांसद प्रकाशप्रताप हाङ्माङ्ले प्रदेशमा ११ हजार मात्रै प्रहरी कायम नगरी कम्तीमा एक जिल्ला १ हजार प्रहरी हुने गरी १४ हजार प्रहरी दरवन्दी कायम गर्न माग गरे । हाङ्माङ्ले महिलाको सहभागिता बढाउन प्रहरी भर्ना गर्दा महिलालाई प्राथमिकता दिन आग्रह गरे ।
विधेयकको शैद्धान्तिक छलफलमा उठेका प्रश्नको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका छन् । कार्कीले महिला प्रहरीको संख्या बढाउने विषय राम्रो भएपनि लोक सेवा आयोगले निर्धारण गरेको कोटा अनुसार नै प्रदेशमा पनि प्रहरी भर्ना गर्नुपर्ने भएकाले संविधान र संघीय कानुनविपरित कोटा बढाउन नसकिने स्पष्ट पारे । कार्कीले प्रहरीले तलब बढाउने विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नरहेको बताए ।
प्रहरीको तलब, दज्र्यानी चिन्ह, हातहतियार, पोशाक र भत्ता संघीय सरकारको कार्यक्षत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले हस्तक्षेप गर्न नसक्ने कार्कीको भनाई छ । विधेयकको शैद्धान्तिक छलफलमा सांसदहरू खिनुलङ्वा लिम्बु, जयराम यादव, लक्षुमन तिवारी, लिला सुब्बालगायतले भाग लिएका थिए । नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!