१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

बाँकेमा एसपी राना आएदेखि ४५ करोड हिनामिना आरोपित अध्यक्ष चौधरी पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

महेन्द्र सिंह
बाँके एसपी ओम बहादुर राना आएदेखि सहकारी बित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन् । ४५ करोड बढी हिनामिनाका प्रतिवादीमध्येका चौधरी केही महिनादेखि फरार रहेका थिए । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले चौधरीलाई जमुनाहाबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
सहकारीमा ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । त्यसमध्येमा सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् । २७ जना अदालतमा हाजिर भएका थिए । सात जना फरार थिए । त्यसमध्येमा सञ्चालक समितिका अध्यक्ष चौधरी पक्राउ परेका छन् ।
सहकारी पीडितहरुले लगातार आन्दोलन गरेर दबाब बढाइरहेका थिए । लामो समयसम्म मिलाउने कोसिस गरेका चौधरी कुरा नमिल्ने देखेपछि फरार भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!