०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अटो दुर्घटना हुँदा एक बालक घाइते कोहलपुरमा एक युवकको बेवारिसे शव फेला

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

महेन्द्र सिंह
बांकेको कोहलपुर नगरपालकिा वडा न ११ कृर्षि बजार नजिकै शनिबार अटोरिक्सा दुर्घटना हुदा १२ बर्षिय बालक घाईते भएको छ ।कोहलपुर नगरपालिका वडानम्बर १२ का २२ बर्षिय प्रकाश सिंहले कृर्षि बजारबाट भित्री सडक हुदै कोहलपुर चौराह तर्फ जाने क्रममा भे १ ह ३९६९ नं को अटो आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई दुर्घटना भएको थियो ।
दुर्घटनामा अटो चालक प्रकाश सोहि अटोमा सवार कोहलपुर १२ कै निवासी देव बहादुर हमालको १२ बर्ष को छोरा घाईते भई दुबैको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेको र अटो नियन्त्रणमा लिएर ईका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भई रहेको । प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि शनिबार नै बांकेको बैजनाथ गापालिका वडानम्बर ७ पेडारी स्थानिय नेपाल थारुको बगैचामा नामथर वतन नखुलेको वेवारिसे अवस्थामा सेतो निलो रंगको सर्ट,खैरो बक्स पकेट भएको पाईन्ट लगाएको पहाडि मुलको जस्तो देखिने बर्ष अंन्दाजी २४/२५ को पुरुष ब्यक्ति जमिनमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भई रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!