११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

रुकुमको सुनपसल चोरीमा संलग्न तीनजना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

मनोज डागी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको नारायणी सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज सार्वजनिक गरेको हो।
गत माघ ५ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले जाजरकोटको भेरी नगरपालिका -३ का शसिराम बि.क ,सोही नगरपालिकाका मोहन बि क र सल्यानको दार्मा -१ का कृष्ण बि.क पक्राउ परेका हुन् ।उनिहरु युवक नै भएपनी उमेर भने प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले घटनाका विषयमा निरन्तर निगरानी गरीरहेको अवस्थामा शंकास्पद अवस्थामा खोजतलास गर्ने क्रममा उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख (डिएसपी )ठग बहादुर केसीले जानकारी दिनुभयो ।
आरोपितले सुन पसल बाट ८ तोला सुन चोरी गरेको स्विकार गरेका छन् ।सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र पक्राउ परेका विरुद्ध डाँका चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

error: Content is protected !!