०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा जनचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ २८, २०७७

राहुल गुप्ता
बिरगंज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्को अध्यक्षतामा जिल्ला पर्सा वीरगंज महा-नगर पालिका वडा नं. ०२ स्थित श्रीराम हल चौकमा विश्वनभरी महामारीको रुपमा फैलि रहेको Covid-19 कोरोना भाईसर न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिनुका साथै माक्स नलगाई हिड्ने मोटरसाइकल चालक, साईकल,बजार तथा बाटोमा हिड्ने पैदल यात्रीहरुलाई बिना माक्स हिडडुल नगर्ने, अटो चालकहरुलाई माक्स नलगाइएको प्यासेन्जर नराख्ने ,भिडभाडमा नजाने भनि सम्झाई बुझाई गरि बिना माक्स हिडेका मोटरसाइकल चालक, साईकल,बजार तथा बाटोमा हिड्ने पैदल यात्रीहरुलाई निःशुल्क माक्स विरतण गरिएको थियो ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी कोषाध्यक्ष श्रीमति प्रेमा कुमारी सिंह, सचिव प्रविण विक्रम शाह, सदस्य ऐसहनुल हक (बिट्टु), अब्दुल कैस, अरुण कुमार गोयल, राईजिङ्ग वीरगंज नेपालका अध्यक्ष आरजु खान तथा पदाधिकारी, सामिदायिक प्रहरी प्र.स.नि. जन्मेजय यादव, प्र.ह. देवेन्द्र कुमार पटेल र प्र.ज. राज कुमार तामाङ्ग लगाएत अं.२०/२५ जनाको सहभागीतामा २०० (दुई सय) पिस माक्स वितरण गरिएको अध्यक्ष सुदिन ठकुराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!