११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

रुकुममा ज्यानमार्ने उद्योग मुद्धामा ४ अभियुक्त पक्राउ वडाअध्यक्ष फरार

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

मनोज डागी
रुकुम पश्चिम पानीको मुहानका बिषयमा बिवाद हुदाँ दुई गाउँले बिच भएको झडपको घटनामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का २४ बर्षिय जीवन बिक, ३५ बर्षिय बिर्ख ऐरी, २४ बर्षिय शसिराम बुढा र ३५ बर्षिय सुरेश बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन ।
पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गतको कसुर मुदा दर्ता भई अनुसन्धान अगाडि बढाइएको डिएसपी केसीले बताए । “घटनाका मुख्य आरोपी ४ जनालाई पक्राउ गरेका छौ,” डिएसपी केसीले भने , “घटनामा संलग्न वडाअध्यक्ष केशरमान बिक सहित अन्य फरार व्यक्तिहरुको खोजीकार्य भईरहेको छ, छिट्टै पक्राउ गछौ ।” प्रहरीका अनुसार, पक्राउ परेकाहरुको बयान, पीडितहरुको उजुरीको आधारमा घटनामा संलग्नहरुको खोजि कार्य भैरहेको छ ।
गत बैशाख २७ गतेका दिन आठबिसकोट नगरपालिका-३ को खदिमा सोहि वडाका तलिगाउँ र माथीगाउँ टोल बिच झडप भएको थियो । पानीको मुहानको लागि भवन निर्माणको विषयमा भएको झडपले राजनितिक रुप लिदा उक्त वडाका वडाध्यक्ष केशरमान विक समेतको समूहले तलिगाउँ टोलका स्थानीयलाई आक्रमण गरेपछि सुत्केरी महिला सहित ८ जना घाईते भएका थिए । स्थानीय प्रहरीले अवस्था नियन्त्रण गर्न सक्ने अवस्था नआएपछि घाईते मध्य ३ जनाको अवस्था गम्भिर भएको थियो भने घटनाका आरोेपिहरु त्यतिबेलै देखि फरार रहेका थिए ।
घटनामा परेर ४६ वर्षिय गोपाल बोहरा, २८ वर्षिय गणेश बोहरा र २९ वर्षियय मदन भण्डारी गम्भिर घाईते भएका थिए । थप उपचारको लागि जिल्ला बाहिर रिफर भएपछि उनीहरुको स्वास्थ्यमा सुधार आएको थियो । घाईते गोपाल स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेद्धार भई पराजित भएका थिए ।
घटनामा परेर २८ बर्षिया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षका अनन्त बुढा, ६० बर्षका अमृत बोहरा र ४६ वर्षका मोहन बोहरा घाइते भएका थिए । यी घाइतेहरु वडाका तलिगाऊँका हुन भने अर्का घाईते शशिराम बुढा माथिगाउँ टोलमा हुन् । वडाध्यक्ष विकको समूहले माथीगाउँबाट घरेलु हातहतियार सहित ढुंगामुढा प्रहार गरेपछि स्थिति अनियन्त्रित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!