२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मालपोत अधिकृतसहित १३ कर्मचारीविरुद्ध पाँच करोडको भ्रष्टाचारको मुद्दा

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

एबिसी संचार
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृतसहित १३ जनाविरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार​, तत्कालीन मालपोत अधिकृत मनोहर प्रसाद पन्थी, तत्कालीन नायव सुब्बाहरू बुद्धि सागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरू नन्दलाल दास, बुद्धि सागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरू नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएको हो ।
गैर नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
नवलपरासी साबिक सनई गाविस ८ख कित्ता नम्बर १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरेको अख्तियारको दाबी छ ।
‘भारतमा बसोबास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोबास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरू बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साबिक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२–२–१७.२५ बिघा जग्गाहरूसमेत भारतीय नागरिक पिएस् मेहराको छोरा अनुप मेहरावाट बिक्री वितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरू तथा स्थानीय निकायबाट सिफारिस दिने कर्मचारीहरू एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरूको हकमा देहाय बमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन माग दाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त जग्गाहरूमा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी सरकारको नाममा कायम हुन माग दाबी लिई अख्तियारले विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!