०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

रुकुममा नक्कली बिलबुक माेटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

मनाेज डाँगी पश्चिम रुकुम नक्कली बिल बुक बनाएर माेटरसाइकल चलाएपछि जिल्ला ट्राफिक कार्यालय रुकुमले एउटा माेटरसाइकल नियन्त्रणमा लिएको छ ।लु ४६ प ९६९९ नम्बरको १५० पल्सर बाइक लुम्बिनी यातायात कार्यालयमा दर्ता भएको र त्यहि नम्बरमा अर्को बिलबुक पत्ता लागेपछि आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले माेटरसाइकल नियन्त्रणमा लिएको हाे । केटिम डुक बाइक संका लागेर अनुसन्धान गर्दा बिलबुक नक्कली भेटिएको जिल्ला ट्राफिक कार्यालय पश्चिम रुकुमका कार्यालय प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिए ।
बिल बुक छाेटेलाल सहन्निकाे नाममा रहेको , र बिल बुक बनाउने ब्यक्तिकाे खाेजि भैरहेको प्रहरीले जनाएको छ ।बाइक अर्कै ब्यक्तिले चलाएको पनि प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिम रुकुमले व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका सवारीसाधन हरुलाई धमाधम कार्वाही प्रकृया अगाडि बढाएको छ । दैनिक ट्राफिक चेकजाँचलाई समेत जिल्लामा कडाइ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]