२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेश प्रहरीलाई थप अधिकार दिने IGP

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

एबिसी क्राईमबिट
काठमाडौं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको काम–कारबाही विकेन्द्रीकरण गर्ने तयारी गरेका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई थप अधिकार दिने उनको तयारी छ ।
सातै प्रदेशका प्रहरी प्रमुखहरूसँगको बैठकमा शुक्रबार उनले थप अधिकार दिने बताएका छन् । प्रहरी प्रदेश प्रमुखले आफ्नो प्रदेशभित्र इन्स्पेक्टरसम्मको सरुवा गर्न सक्ने अधिकार दिन लागिएको छ । त्यस्तै, पुरस्कारका लागि सिफारिसलगायत थप अधिकार दिन लागिएको उनले जानकारी दिएका छन् । प्रदेश प्रहरी प्रमुखलाई अधिकारसँगै थप जिम्मेवारी थपेर उत्तरदायी बनाउने उनको भनाइ छ ।
प्रहरी केन्द्रीकृत शैलीमा सञ्चालन हुँदै आएकोमा त्यसलाई विकेन्द्रित बनाई प्रदेशदेखि अन्य कार्यालयलाई जिम्मेवार दिने उनको तयारी छ । प्रहरीमा महानिरीक्षक अत्यधिक शक्तिशाली हुने, तर अन्य उच्च अधिकारीलाई कुनै जिम्मेवारी नै नहुने परम्परालाई उनले सुधार गर्न लागेका छन् । बिहीबार पदबहाली गरेसँगै महानिरीक्षक थापाले आफू सामूहिक निर्णयमा अघि बढ्ने बताएका थिए ।
‘नेपाली सेनासँग नयाँ सम्बन्धको सुरुवात’
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त महानिरीक्षक थापालाई बधाई र शुभकामना दिएका छन् । यसरी सेना प्रमुख प्रहरी प्रधान कार्यालय गएर महानिरीक्षकलाई बधाई दिएको यो पहिलोपटक हो । भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए । भेटमा प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रूपमा रहेको राष्ट्रिय हतियार खुकुरीसमेत प्रदान गरेका थिए भने प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।
यो भेटलाई दुई सुरक्षा निकायबीच प्रहरी अधिकारीहरूले नयाँ सम्बन्धको सुरुवात भनेका छन् । पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षाका दुई स्तम्भ नेपाली सेना र नेपाल प्रहरीबीचको आपसी भाइचाराको लामो इतिहास छ । प्रधानसेनापति स्वयं नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिन प्रहरी प्रधान कार्यालय पुग्नुले प्रधान सेनापतिज्यूको विशाल हृदयको परिचय दिनुका साथै नेपाल प्रहरीप्रतिको आत्मीयता पनि प्रदर्शन गरेको छ । स्नेह, प्रेम र भाइचाराको शक्ति नै सबैभन्दा ठूलो शक्ति हो ।’
यो कदमले दुई सुरक्षा निकायबीच सहकार्य बढ्ने प्रहरी अधिकारीहरू बताउँछन्। नयाँ पत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!