१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

प्रदेश प्रहरीलाई थप अधिकार दिने IGP

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

एबिसी क्राईमबिट
काठमाडौं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको काम–कारबाही विकेन्द्रीकरण गर्ने तयारी गरेका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई थप अधिकार दिने उनको तयारी छ ।
सातै प्रदेशका प्रहरी प्रमुखहरूसँगको बैठकमा शुक्रबार उनले थप अधिकार दिने बताएका छन् । प्रहरी प्रदेश प्रमुखले आफ्नो प्रदेशभित्र इन्स्पेक्टरसम्मको सरुवा गर्न सक्ने अधिकार दिन लागिएको छ । त्यस्तै, पुरस्कारका लागि सिफारिसलगायत थप अधिकार दिन लागिएको उनले जानकारी दिएका छन् । प्रदेश प्रहरी प्रमुखलाई अधिकारसँगै थप जिम्मेवारी थपेर उत्तरदायी बनाउने उनको भनाइ छ ।
प्रहरी केन्द्रीकृत शैलीमा सञ्चालन हुँदै आएकोमा त्यसलाई विकेन्द्रित बनाई प्रदेशदेखि अन्य कार्यालयलाई जिम्मेवार दिने उनको तयारी छ । प्रहरीमा महानिरीक्षक अत्यधिक शक्तिशाली हुने, तर अन्य उच्च अधिकारीलाई कुनै जिम्मेवारी नै नहुने परम्परालाई उनले सुधार गर्न लागेका छन् । बिहीबार पदबहाली गरेसँगै महानिरीक्षक थापाले आफू सामूहिक निर्णयमा अघि बढ्ने बताएका थिए ।
‘नेपाली सेनासँग नयाँ सम्बन्धको सुरुवात’
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त महानिरीक्षक थापालाई बधाई र शुभकामना दिएका छन् । यसरी सेना प्रमुख प्रहरी प्रधान कार्यालय गएर महानिरीक्षकलाई बधाई दिएको यो पहिलोपटक हो । भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए । भेटमा प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रूपमा रहेको राष्ट्रिय हतियार खुकुरीसमेत प्रदान गरेका थिए भने प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।
यो भेटलाई दुई सुरक्षा निकायबीच प्रहरी अधिकारीहरूले नयाँ सम्बन्धको सुरुवात भनेका छन् । पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षाका दुई स्तम्भ नेपाली सेना र नेपाल प्रहरीबीचको आपसी भाइचाराको लामो इतिहास छ । प्रधानसेनापति स्वयं नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिन प्रहरी प्रधान कार्यालय पुग्नुले प्रधान सेनापतिज्यूको विशाल हृदयको परिचय दिनुका साथै नेपाल प्रहरीप्रतिको आत्मीयता पनि प्रदर्शन गरेको छ । स्नेह, प्रेम र भाइचाराको शक्ति नै सबैभन्दा ठूलो शक्ति हो ।’
यो कदमले दुई सुरक्षा निकायबीच सहकार्य बढ्ने प्रहरी अधिकारीहरू बताउँछन्। नयाँ पत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!