१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

कृष्णनगर नगरपालिका द्वारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

अजय मिश्र, कृष्णनगर, असार, ३०
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ।
नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ।
८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको लगानीमा पम्पसेट १ ओटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।
एउटा पम्पसेट बाट करिब २.५ हेक्टर क्षेत्रफल सिंचित हुने कुरा कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।
पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि , पम्पसेट वितरण गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।
विभिन्न समयमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण गरिएको नगरपालिका को कृषि शाखा ले जनाएको छ । उक्त वितरण कार्यक्रम मा नगर उप प्रमुख शब्नम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाॅगी लगायत वडा अध्यक्ष हरुको उपस्थित रह्यो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

error: Content is protected !!