०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार लेखेको कारण बाराका पत्रकार माथी दुर्व्यवहार

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

राहुल गुप्ता
बारामा समाचार लेखेकै कारण पत्रकारलाई दूब्र्यवहार गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा शाखाले माग गरेको छ । बाराको सिमरामा रहेर संचारकर्ममा क्रियाशिल पत्रकार शारदा पोखरेल माथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको छ।
पत्रकार पोखरेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेख्नु भएको थियो । समाचार लेखेको बिषयलाई लिएर श्रेष्ठ बिल्डर्सका सञ्चालक लाल श्रेष्ठले पत्रकार पोख्रेललाई धम्क्याउँदै दुर्व्यवहार गरेका छन्।जितपुर सिमरा उपमहानगरको राजस्व हिनामिना, ठेकदारको घाटगद्दी शिल गर्न प्रहरी परिचालन शीर्षकको समाचार लेखेपछि पत्रकार पोखरेललाई श्रेष्ठले आगामी दिनमा नदिजन्य उत्खननको समाचार नलेख्न धम्की दिएका हुन्।
ठेकदार श्रेष्ठले माघ मसान्तभित्र बुझाउनुपर्ने नदिजन्य उत्खननको दोस्रो किस्ताको सवा करोड राजस्व रकम बाउन्स चेक बुझाएर नगरपालिकालाई झुक्याएका थिए। पोखरेलले पसाहा, बालगंगा र दुधौर नदी उत्खनन् गरिरहेका ठेकेदारले पनि चैत मसान्तमा बुझाउनुपर्ने झण्डै ५ करोड रकम नबुझाएको समाचार लेख्नु भएको थियो।
श्रेष्ठले पत्रकार पोख्रेललाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा गुण्डागर्दी शैलीमा दुर्व्यवहार र गालीगलौज गरेका थिए । उनको यो हर्कत प्रेस स्वतन्त्रता विरोधी काम हो, सञ्चारकर्मी पोखरेलमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ महासंघको विज्ञप्तिमा उल्लेख छ।महासंघले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायसँग माग गरेको छ।
बारामा नदिजन्य निर्माण सामग्री उत्खनन् गरिरहेका ठेकेदारहरूले प्रारम्भिक र विस्तृत वातावरणीय प्रभाव मुल्यांकन विपरित जथाभावी उत्खनन् गरिरहेका छन्। उनीहरूले राजस्व बापत बुझाउनुपर्ने करोडौं रकम बुझाउन समेत आलटाल गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!