०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

नेपाल प्रहरीका IGP लाई सशस्त्र प्रहरीका IGP को बधाई

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

एबिसी क्राईमबिट
काठमाडौं सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका हुन् ।
भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षकथापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे ।
भेटघाटका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

error: Content is protected !!