११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नेपाल प्रहरीका IGP लाई सशस्त्र प्रहरीका IGP को बधाई

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

एबिसी क्राईमबिट
काठमाडौं सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका हुन् ।
भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षकथापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे ।
भेटघाटका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!