०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

समाचार लेखेको भरमा पत्रकारलाई पक्राउ गर्न मिल्दैन राष्ट्रिय अनलाईन संघ अध्यक्ष:श्रेष्ठ

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

पत्रकारहरुलाई समाचार प्रकासन प्रकाशन गरेकै आधारमा प्रहरीले उजुरी लिन नमिल्ने
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं ५ले पत्रकारहरुलाई समाचार प्रकासन प्रकाशन गरेकै आधारमा प्रहरीले उजुरी लिन नमिल्ने बताएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं ५ल का अध्यक्ष उदय सिंह श्रेष्ठले एक बिज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले लाइभ समाचार प्रशारणको आधारमा पत्रकार विरूद्द उजुरी लिनु र पत्रकारलाई मानसिक तनाव दिनु चौथो अंग माथिको हस्तक्षेप भएको बताउनुभएकाृ छ ।
श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा “ नेपाल प्रेस काउन्सिलका कावा अध्यÞक्ष किशोर श्रेष्ठ ज्यू र नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश बिष्ट ज्यूको अभिव्यक्ति सार्वजनिक भएको अवस्थामा पनि जिल्ला प्रहरी कार्यालय बाँकेले लाइभ समाचार प्रशारणको आधारमा पत्रकार विरूद्द उजुरी लिनु र पत्रकारलाई मानसिक तनाव दिनु गैर न्यायीक हो” भनिएको छ ।
संविधानबाट पाएको अधिकार बमोजिम पत्रकारले समाचार प्रशारण गर्ने सुनिश्चितता भएको अवस्थामा बाँके प्रहरीले प्रशारण भएको समाचारकै आधारमा पत्रकार बिरूद्द उजुरी लिई कारवाही अघि बढाएकोले राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को ध्यानाकर्षण भएको छ बिज्ञप्तिमा भनिएको छ ।
अनलाइन मिडियामा प्रकाशित र प्रशारित समाचारप्रति कोही कसैलाई चित्त बुझ्दैन भने नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराउने र काउन्सिलको फैसलाबाट पनि चित्त नबुझे कानुनी बाटोमा जान सकिन्छ भन्दै श्रेष्ठ द्धारा जारी बिज्ञप्तिमा समाचारकै आधारमा पत्रकारबिरूद्द प्रहरीले कोही कतैबाट उजुरी दर्ता लगायत कार्य तत्काल बन्द गर्न राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को जोडदार माग छ भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!