०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

काठमाडौंमा सवारी पासको दुरुपयोग गर्दै यात्रु ओसारपोसार गर्ने नागढुंगामा पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटक ‍अनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएश्चात दरैलाई पक्राउ गरेको हो । साथै यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनि प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको उक्त प्रभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!