२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेश नम्बर २ सरकारले दियो नेपाल प्रहरीलाई उद्धार सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
धनुषा प्रदेश सरकार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारबाट प्राप्त विपद् उद्धार सामग्री २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामको परिसरमा बुधबार दिउँसो आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले र्याफ्ट बोट ४ थान, गाइड/मास्टर प्याडल ४ थान, रेस्क्यू हेल्मेट ३२ थान, आउटफिटर प्याडल ३२ थान, लाईफ ज्याकेट ३२ थान, ब्यारेल ह्यान्ड पम्प ४ थान, लाईफ लाईन रोप ४ थान, बोलाईन रोप ४ थानर र्याफ्ट क्यारी ब्याग ४ थान हस्तान्तरण गरेका हुन् ।
विगतका वर्षहरुमा विपद् घटनाबाट मानविय तथा जनधनको ठूलो क्षति भएको यथार्थलाई हृदयगम गरी विपद्जन्य घटनामा हुने क्षतिलाई न्यूनीकरण गर्न तथा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रदेश प्रहरी कार्यालयको उच्च प्राथमिकता रहेकोले प्रदेश सरकारसँगको सहयोग र समन्वयमा प्रदेश सरकारबाट उक्त सामग्री खरिद गरी प्राप्त भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!