२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

भन्सार छली ल्याउँदै गरको कपडासहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
बारा आदर्शकोतवाल गाउँपालिका-६ स्थित सडकबाट करिब १ लाख १० हजार ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडासहित एक जना पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिका-१० बस्ने १९ वर्षीय राजु प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरीले ना.४९प १९०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याउँदै गरेको कपडा र मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।
यादवलाई बरामद कपडा तथा मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।