१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रहरी द्वारा गणेशपुर , बहादुरगंज, कृष्णनगरमा कोरोना सचेतना र्याली

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७

कृष्णनगर , साउन, २
इलाका प्रहरी कार्यालय बहादुरगंज ,इलाका प्रहरी कार्यालय कृष्णनगरले र इलाका प्रहरी कार्यालय गणेशपुर कोरोना सचेतना र्याली निकालेको छ ।
लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी निरीक्षक मधु नेपाल ले बताउनु भयो । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट
सुरु भएको र्यालीले आएर पुनः फर्किएर बहादुरगंज चौकमा कोण सभामा परिणत भएको थियो । र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट सुरु भएको र्याली गोल घर हुदै कृष्णनगर बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो l लक डाउन खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न नहुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भएको छ ।
प्रहरी द्वारा बहादुरगंज,कृष्णनगर, गणेशपुर, कोरोना सचेतना र्याली निकालिएको थियो
र्यालीमा सुरक्षाकर्मी, नगरपालिकाका जन प्रतिनिधि, नागरिक समाज, आफन्त नेपाल ,पुनर्स्थापना गृह , सशस्त्र प्रहरी, स्थानीय र पत्रकार लगायतको सहभागिता थियो ।
दुई मिटरको सामाजिक दुरी कायम गरौँ, बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौँ, साबुन पानीले हात धोऔँ लगायतका प्ले कार्ड बोकेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!