२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

रुकुममा महामारीबाट बच्न मास्क नलगाउदा १०० रुपैया जरिवाना

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

मनाेज डाँगी रुकुम पश्चिम मेडिकलहरुमा दश रुपैयाँमा एउटा मास्क किन्न पाइन्छ, तर त्यहि १० रुपैयाँको मास्क किनेर लगाउन अल्छी गरेपछि प्रहरीले रुकुममा एक सय रुपैयाँ जरिवाना गरेर एउटा मास्क दिनुु परेको छ ।मास्क नलगाएर स्थानीयहरु जथाभावी हिडडुल गरेको पाइएर प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर एउटा मास्क दिने गरेको हाेे ।केही दिन अगाडि बाट गृहमन्त्रालय बाट जारि आदेशलाई कार्यन्वयन गराउदै प्रहरीले कडाइ गरेको छ ।
हाल सम्म प्रहरीले ४९ जनालाई कारबाही गरेको छ । काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेका हुदा रुकुममा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बिहीबार र शुक्रवार विहान सम्म ४९ जना मास्क नलगाई हिड्नेलाई कारबाही गरिएको र याे क्रम नियमित जारि रहने प्रहरी निरक्षक हरि ओलीले जानकारी दिए ।मास्क नलगाई हिड्नेहरुलाई काटेको सय रुपैयाँ जरिवाना बाट ४ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद […]

बाँके । नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् । इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । […]

  बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार […]

error: Content is protected !!