११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

रुकुममा महामारीबाट बच्न मास्क नलगाउदा १०० रुपैया जरिवाना

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

मनाेज डाँगी रुकुम पश्चिम मेडिकलहरुमा दश रुपैयाँमा एउटा मास्क किन्न पाइन्छ, तर त्यहि १० रुपैयाँको मास्क किनेर लगाउन अल्छी गरेपछि प्रहरीले रुकुममा एक सय रुपैयाँ जरिवाना गरेर एउटा मास्क दिनुु परेको छ ।मास्क नलगाएर स्थानीयहरु जथाभावी हिडडुल गरेको पाइएर प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर एउटा मास्क दिने गरेको हाेे ।केही दिन अगाडि बाट गृहमन्त्रालय बाट जारि आदेशलाई कार्यन्वयन गराउदै प्रहरीले कडाइ गरेको छ ।
हाल सम्म प्रहरीले ४९ जनालाई कारबाही गरेको छ । काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेका हुदा रुकुममा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बिहीबार र शुक्रवार विहान सम्म ४९ जना मास्क नलगाई हिड्नेलाई कारबाही गरिएको र याे क्रम नियमित जारि रहने प्रहरी निरक्षक हरि ओलीले जानकारी दिए ।मास्क नलगाई हिड्नेहरुलाई काटेको सय रुपैयाँ जरिवाना बाट ४ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!