१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नेकपा विप्लवद्वारा कोहलपुर बिबाद जग्गा कब्जाको घोषणा

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

एबिसी संचार
बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ।
विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य पर्ने करिब ६ बिगाह सरकारी जग्गामा ब्यानर टासेर जग्गा आफ्नो नियन्त्रमा भएको वताएको छ । जग्गा कब्जामा लिए संगै केही समयदेखी बिबादमा रहदै आएको यस जग्गा बिवादले अब नया मोड लिने आकलन गरिएको छ ।
बाँके जिल्ला स्थित कोहलपुर ४ किरण नालाको पुर्व पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको करोडौं मूल्य पर्ने राज्यको सार्वजनिक ६ बिघा जमिन कित्ता नम्बर ७७, ७८ र ७९ लाई भुमाफियाहरुको गिरोहले सत्ताको पहुँच र पावरको आधारमा गरिएको लुटखसोटप्रति आफ्नो जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको बताउदै विभिन्न किसिमका लुटतन्त्र, दलालतन्त्र र माफियातन्त्र नै हाम्रो जनसत्ताको निशाना भएकाले सत्ताको केन्द्रीय नीति अनुसार नै यस सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
आईतवार उक्त पार्टी सम्वद्ध थारुवान स्वाय जनपरिषद नेपाल बाँकेले एक विज्ञप्ति जारी गरेर उक्त जग्गा आफ्नो सत्ताले नियन्त्रणमा लिएको कुरा पुष्टि गरेको छ । जिल्ला जनपरिषद बाँकेका प्रमुख परिबर्तनले एक विज्ञप्ति जारी गरेर उक्त कुराको पुष्टि गरेका हुन् ।
सत्ताको पहुँच र पावरमा भुमाफियाहरुको गिरोहले सार्वजनिक जग्गामाथी गरेको लुटखसोटप्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला परिषद बाँकेले त्यसको भत्सर्ना समेत गरेको छ । साथै जिल्लामा विभिन्न भुमाफिया गिरोहहरुले जनविरोधी गतिविधि संचालन गरीरहेकाले जनसत्ताद्धारा त्यसको सुक्ष्म अध्ययन तथा अनुसन्धान भईरहेको समेत प्रेस वक्तब्यमा उल्लेख गरीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!