०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाल विवाह गरेको आरोपमा चारजना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

एबिसी संचार
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ। गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!