०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पहिरो र आगलागिमा ज्यान गुमाउने तीनजना परिवारलाई एकएक लाख राहात वितरण

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

मनोज डागी
जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आठबीसकोट नगरपालिका ३ रेझेखोलामा पहिरोमा परी ज्यान गुमाउने दुई जना र सोही वडाको स्यालाखदीमा आगलागिमा ज्यान गुमाउनेका परिवारलाई राहात उपलब्ध गराउने निर्णय गरेको हो ।
गत जेठ ३ गते स्यालाखदीमा डण्डे बोहराको घरमा आगलागि हुँदा ३६ वर्षिया श्रीमति लाली बोहराको मृत्यु भएको थियो । त्यस्तै असार २६ गते रेझेखोलामा तुलवहादुर दमाईको घर पहिरोले पुर्दा उहाँकी श्रीमति २८ वर्षिया सीता दमाई र छोरा ६ वर्षिय हाविल परियारको मृत्यु भएको थियो ।
प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड (छैटौं संशोधन) २०७४ अनुसार प्रति मृतक एक लाखका दरले राहात उपलब्ध गराउने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ठाउँका नागरिकलाई अस्थायी रुपमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा स्थानीय तहको समन्वय र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले हालसम्म जिल्लामा बाढी र पहिरोका कारण पूर्णरुपमा घर क्षति भएका २४ परिवारलाई प्रदान गरिएको राहत रकम दुई लाख १८ हजार रुपैंयालाई अनुमोदन पनि गरेको छ । समितिको सिफारीसमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयबाट प्रदान गरिएको तीन सय ३३ थान तारजालीलाई समेत बैठकले अनुमोदन गरेको छ ।
पछिल्लो समय जिल्लामा आंशिक रुपमा भित्रिएको सलह किराले क्षेति गरिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि सरोकारवाला विचमा समन्वय बढाई प्रभावकारी रुपमा खट्ने, खटाउने र कोभिड–१९ का कारण जिल्लामा विदेशबाट फर्किनेहरुको संख्या उल्लेख्य रहेकाले तिनिहरुको निगरानी गरी प्रभावकारी व्यवस्थापन गर्ने र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन आवश्यक समन्वय र सहजिकरण गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!