०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

नेकपा विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

एबिसी संचार बाँके भेरी–कर्णाली न्याय विभागका पूर्व प्रमुख चित्रबहादुर विक र सामान्य कार्यकर्ता सुरेश राउतलाई प्रहरीले मंगलबार राँझाबाट पक्राउ गरेको हो । चन्दा उठाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको छ ।
बाँकेमा केही दिनयता विप्लव माओवादीले गतिविधि बढाएका थिए । कोहलपुरको किरणनाला छेउको ६ विगाह जग्गा कब्जाको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!