०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न जथाभावी पार्किङ गर्ने सवारीमा (ह्वील-लक) लगाउदै

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

सागर थापा
दाङको तुलसीपुर बजारमा जथावाभी पार्किङ गरेर राखेका सवारी साधनलाई ट्राफिक प्रहरी तुल्सीपुरले (ह्वील-लक) गर्दै । सडक नै ओगटेर गरिएको पार्किङले सवारी दुर्घटना बढेको भन्दै यस्तो कार्य अघि बढाईएको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बजारमा अनावश्यक रुपमा रोकिराखेका दर्जन बढी सवारी साधनलाई एकपटक सम्झाएर छोडिएको छ ।
बुधबारदेखि भने (ह्वील लक) गरिने उनले बताए । बढ्दो सवारी दुर्घटना न्युनीकरण र अव्यवस्थित पार्किङ व्यवस्थित गर्न यो नियम लागु गरिएको उनको भनाई छ ।
अबदेखि पार्किङ निषेधित क्षेत्रमा रोकिराखेका जुनसुकै सवारी साधनमा ट्राफिक प्रहरीले (ह्वील लक) गर्ने र (ह्वील लक) गरेका सवारीधनीले जरिवाना तिरिसकेपछि मात्रै खोलिने तुल्सीपुर ट्राफिक प्रमुख केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!