१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

पहिरोले धादिङको पृथ्वीराजमार्ग अबरुद्ध बाटो निर्माण कार्य जारी

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

एबिसी संचार
काठमाडौं धादिङ अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझैँ अवरुद्ध छ । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ ।
वर्षाका कारण उर्लिएको खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । खोलाले पुल र सडक जोड्ने १२ मिटर भाग भत्काएको छ । खोलाले भेलले भत्काएको भागमा सडग डिभिजन कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने काम गरिरहेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार नेपाली सेना र सडक विभागका प्राविधिक लगायतका जनशक्ति ग्याबिन जाली भर्ने काममा लागिरहेका छन् । काममा कुनै समस्या नआए बिहीबार बेलुकीसम्ममा राजमार्ग खुल्न सक्ने प्राविधिकहरु बताउँछन् । अहिले नेपाली सेनाका ५० र सडक विभागका झण्डै १०० जना जनशक्ति उक्त पुलमा जाली भर्ने काममा सम्लग्न छन् ।
राजधानी जोड्ने प्रमुख मार्ग भएकाले सवारी चापलाई मध्यनजर गर्दै सक्दो छिटो सडक खुलाउन काममा तिब्रता दिइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनु भएको छ । अधिकांश ठूला मालबाहक सवारी साधनहरुले काठमाडौं जान यही सडकखण्ड प्रयोग गर्दछन् । लकडाउनले यात्रुबहाक सवारी नचलेपनि दैनिक आवातजावत गरिरहेका ठूलामालबाहक र नीजि सवारीसाधन अलपत्र परेका छन् । बाढीपहिरोले राजमार्ग छेउछाउका घर, पसल, अस्थायी प्रहरी चौकी, सवारीसाधन र सडक नै बगाएको छ ।
पृथ्वीराजमार्ग क्षेत्रमा ११ वटा ठुला र ५० भन्दा बढी साना पहिरोहरु छन् । पानी पर्न कम भएपछि पुलको डाइभर्सन बनाउन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
पृथ्वीराजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो र लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध मार्ग भने एकातर्फी खुलाइएको छ । सदरमुकाम प्रवेश गर्ने कालुपाण्डे मार्गमा सडक भासिनाले मालबहाक गाडीहरु आवत जावत हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]