१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

स्युराज मिडिया प्रालिद्वारा विजयनगरलाई १० हजार हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी संचार
कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा स्युराज खबर पत्रिकाका सम्पादक शरद अधिकारीले हस्तान्तरण गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले चेक हस्तान्तरण गर्दै यसले आपतविपदमा परेका नागरिकलाई ठुलो राहत पुग्ने भन्दै स्युराज मिडिया प्रालिका टीमलाई धन्यवाद दिनुभएको थियो ।
५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान, ७ का वडाध्यक्ष दिनेश चौधरी, सामाजिक विकास अधिकृत बासुदेव जमरकट्टेल तथा स्युराज पत्रिकाका व्यवस्थापक दिपक खड्का लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!