०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

ट्राफिक प्रहरीले सामाजिक दुरी कायम गर्दै नियम पालाना गराउदै

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी संचार
काठमाडौँ झण्डै चार महिनाको लकडाउन अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ ।
लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोग कर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ ।
उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको, चालक र यात्रुले मास्क लगाएको/नलगाएको, तोकिएको भाडादर लिए/नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए । ‘उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘आजमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य पोर्टोकल अनुसार नचलाइएका ८७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई गरेको छ ।’
त्यस्तै लकडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो । लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर पनि आज बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘आजमात्रै ट्राफिक नियम उल्लघंन गर्ने२६३ जना चालकलाई कारबाही गरेका छौं,’ उनले भने ।
मापसे चेकिङ पनि शुरू: स्रोतमै निगरानी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि नै मादक पदार्थ सेवन (मापसे) चेकिङ पनि गर्ने भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने पनि बताए ।
महाशाखाका अनुसार बेर्थलाईजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोली र वचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ । यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ ।
संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्नपनि महाशाखाले विशेषआग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!