१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

काठमाडौं चाबहिल सडकको दुुर्दशा अझैसम्म उस्तै

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी संचार
काठमाडौँ राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुुने आशा निराशामा परिणत भएको छ ।
राजधानीको व्यस्त सडकमध्येको उक्त सडक खण्ड कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डीमा परिणत भएको छ । बन्दाबन्दीको समयमा कालोपत्रे गरिए पनि वर्षासँगै सडक दयनीय अवस्थामा पुुगेको छ ।
लामो समयदेखि सडक मर्मत हुन नसक्दा हिउँदमा धूूलो र वर्षामा हिलोको समस्या भोग्दै आएका यात्रुु र स्थानीयवासीले धूूलो र हिलोबाट मुक्ति पाउने आशा गरेका थिए तर वर्षात्सँगै पुनः उही गति दोहोरिएपछि स्थानीय दुुःखी बनेका छन् ।
बौद्ध निवासी आङ्कामी शेर्पा वर्षौंदेखि बिग्रिएको सडक बन्ने आशा निराशामा परिणत भएको बताउनुहुन्छ । व्यवसायी छोटेलाल साहले माघ फागुनमा नै गरिएको कालोपत्रे एक वर्ष टिक्न नसक्दा यस वर्ष पनि विगतकै नियति भोग्नुपरेको गुनासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी छन्, पानी परिरहेको बेला हिलो छ्यापिने तथा सम्भावित दुर्घटनाका कारण सडकमा मोटरसाइकल वा पैदल हिँड्न समेत समस्या छ ।’’
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले चाबहिल–बौद्ध–जोरपाटी सडक खण्डमा प्रारम्भिक कालोपत्रे (बीबीएम) मात्र सम्पन्न भएकाले विगत केही दिनदेखि निरन्तर वर्षाका कारण सडकको केही ठाउँमा खाल्डाखुल्डी परेको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले प्रारम्भिक कालोपत्रे सम्पन्न भएको छ, असोज महिनासम्म अन्तिम कालोपत्र (आसफाल्ट) सम्पन्न हुनेछ ।’’
वर्षाको समयमा हायात होटलबाट ठूलो मात्रामा आएको पानीले सडकमा क्षति पु¥याउने गरेको बताउँदै आयोजना प्रमुख अधिकारीले भन्नुभयो, ‘‘हामीले बीस मिटर सडकको पानी बग्ने क्षमताको नाली निर्माण गरेका छौँ तर होटल क्षेत्रबाट आएको पानीको भेलले हरेक वर्ष सडकमा ठूलो मात्रामा क्षति पु¥याउने गर्छ ।’’ होटलले पानीको व्यवस्थापन नगरेसम्म सो क्षेत्रको सडकको क्षति रोक्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
विगत पाँच वर्ष अघिदेखि नै उक्त सडकको निर्माण कार्य सुरु गरिए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७२ सालमा युनाइटेड बिल्डर्स कम्पनीसँग निर्माण सम्झौता गरी सो सडकको काम सुरु भएको थियो । जग्गा विवाद तथा बिजुली, टेलिकमका खम्बा, खानेपानीका पाइपलगायत युटिलिटीका सामानहरू समयमा हटाउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
चाबहिल चोकदेखि बाग्मती पुलसम्म चार किलोमिटर कुल लम्बाइ रहेको यो सडक पैँतीस करोड ५३ लाख रुपियाँमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!