२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

अपराधमुक्त समाजको लागि सबैको सहयोग जरुरी छ डिएसपी :सिंह

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी संचार
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले दुव्र्यसनमुक्त र अपराधमुक्त गाउँपालिका निर्माणका लागि घरेलु मादक पदार्थ सेवनलाई रोक लगाउनु पर्ने बताएका छन् । समाजमा अपराधजन्य घटना घट्नुको मुख्य कारण लागुऔषध र मादक पदार्थ सेवन रहेको भन्दै यसलाई पूर्ण रुपमा रोक लगाउनु पर्ने प्रहरी प्रमुख सिंहले बताए ।
तुलसीपुर उपमहानगरपालिकाको नगर सभाबाट पास भईसकेको र नेपाल अधिराज्यमा पहिलो पटक तुलसीपुर उपमहानगरपालीका घरेलु मदिरा निषेधित क्षेत्र घोषणा भईसकेको बताउदै प्रहरी नायव उपरिक्षक सिंहले यहाँको जनप्रतिनिधीले साथ दिएमा यो कुरालाई जायज मानेमा दंगीशरण गाउँपालिकालाई पनि मदिरा निषेधित क्षेत्र बनाउँन सकिने बताए । ‘सभ्य समाज, अपराधमुक्त समाज निर्माणका लागि मदिरा निषेधित क्षेत्र हुनुपर्छ डिएसपी सिंहले भने ।’ निकट भविष्यमा यो कार्यक्रमले सफलता पाउन सक्नेछ ।
दंगीशरण गाउँपालिकाका राजनैतिक दल, नागरीक समाज, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, प्रधानाध्यापक र स्थानीयहरु संगको टोल सुरक्षा, लागु औषध, मादक पदार्थ उत्पादन विक्रीवितरण, सेवन तथा शान्ति सुरक्षा व्यवस्था सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा प्रहरी नायव उपरिक्षक सिंहले यस्तो बताएका हुन् ।
‘समाजले साथ दिएमा मात्र प्रहरीले आफनो काम कर्तब्य अगाडि बढाउँन सक्छ यसका लागि प्रहरी र नागरीकहरुको सामीप्यतामा अपराधजन्य कार्य न्यूनिकरण गर्नका लागि प्रहरीले वडा टोल सुरक्षा समिती गठन कार्यलाई अगाडि बढाएको हो ।’ जनता र प्रहरी बिचको सम्बन्ध विश्वासीलो बनाउनु पर्ने भन्दै दुई बिचको आपसी सहकार्य हुन जरुरी रहेको उनको भनाई थियो । एक अर्कालाई दोषारोपन गर्नुभन्दा पहिले अभिभावक स्वयम जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
अन्र्तक्रियामा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बालबालीकाको पहिलो पाठशाला भनेको घर र अभिभावक रहेको भन्दै आफनो छोराछोरीको रेखदेख अभिभावकले गर्नुपर्ने बताईन् । बालबालीकाहरु यूवावस्थामा विग्रने भन्दै सत्य समाज निर्माणका लागि पारीवारीक र सामाजीक दायीत्व निर्वाह गर्नु पर्ने उनको भनाई थियो ।
प्रहरी प्रशासनलाई गाउँपालिकाबाट हुने सहयोग भईरहेको भन्दै जनप्रतिनिधि, हरेक तहका नागरीक, प्रहरी प्रसाशन सधैँ हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताईन् । सो अवसरमा नेकपा गाउँ कमिटी सदस्य खड्कविर चौधरी, नेपाली कांग्रेसका शोभाकर न्यौपाने, सुकदेवाका मटावाँ जगतराम चौधरी, नागरीक विरवल चौधरी, पार्वता कँडेल लगाएतले प्रहरीले टोल सुरक्षा समिती गठन गर्दा समाजमा सुरक्षाको दृष्टिकोणले सहज वातावरण निर्माण गरेको बताए । जनप्रतिनिधीहरु सुरक्षा जस्तो संवेदनशिल कार्यमा सक्रिय नभएको भन्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए ।
यस्तै एनसीसी बैँक शाखा प्रमुख विशाल देवकोटाले प्रहरी कार्यालय बैँक कार्यालय नजिक रहेकाले पनि राम्रो सुरक्षाको दृष्टिकोणले राम्रो भएको बताए । कार्यक्रमको शहजीकरण ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!