०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

पन्तको हत्या अनुसन्धान गर्न दुईजना DIG थापा र सुबेदीलाई IGP को निर्देशन…

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी क्राईमबिट
काठमाडौं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।
बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् ।
प्रहरी प्रशासनको मानमाथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पुर्याउन नसकेपछि यसको जिम्मेवारी आईजी थापाक्षेत्रीको काँधमा आएको छ ।
महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पुर्याउन सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र सीआईबी प्रमुख डीआईजी सहकुल थापालाई निर्देशन दिएका छन् । प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्ने जनाइएको छ ।
दुई वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!