२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पन्तको हत्या अनुसन्धान गर्न दुईजना DIG थापा र सुबेदीलाई IGP को निर्देशन…

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी क्राईमबिट
काठमाडौं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।
बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् ।
प्रहरी प्रशासनको मानमाथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पुर्याउन नसकेपछि यसको जिम्मेवारी आईजी थापाक्षेत्रीको काँधमा आएको छ ।
महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पुर्याउन सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र सीआईबी प्रमुख डीआईजी सहकुल थापालाई निर्देशन दिएका छन् । प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्ने जनाइएको छ ।
दुई वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!