०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भारतीय सीमा नाका बन्द नै राख्न नागरिक अगुवा हरुको दबाव

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

महेन्द्र सिंह
बाँके सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खोलेसँगै नेपाल भारत सीमा नाका अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव दिएका छन् । पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमित घट्दै गएको भए पनि भारतमा भने अत्यधिक तीव्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरूले बताएका छन् ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतमा दैनिक ४० हजार जनामा सङ्क्रमण भेटिरहेकोले आगामी छ महिनासम्म कुनै पनि हालतमा सिमाना खोल्न नहुने बताए । उनले नेपाल भारत सिमानालाई खोलेर पुरानै अवस्थामा पुर्याउने हो भने सीमावर्ती जिल्लाहरूमा कोभिड–१९ को भयावह रुप देखिन सक्ने तर्क गरे ।
यहाँस्थित सिमाना पारीको भारतीय जिल्ला बहराईचमा हाल आएर तीव्र गतिमा कोरोना फैलिने क्रम जारी रहेकाले हतार गरेर सिमाना खोलिने हो भने त्यसको गम्भीर परिणाम हुने स्थानीय अगुवा विवेक श्रेष्ठले बताए । उनले सिमानामा अझै पनि जन्तीको आवागमन भइरहेको तथा बिना कुनै आवश्यक काम पनि मानिसहरू आउने–जाने भइरहेकोले सो पनि रोक्नुपर्ने माग गरे ।
श्रेष्ठले भारतबाट आउनेहरूलाई मात्र व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर मात्र आउन दिनुपर्ने माग गर्दै सिमानामा नियन्त्रण नगरिए अवस्था धेरै चिन्ताजनक हुनसक्ने बताए । उनले भारतबाट आउनेले कोरोना परीक्षण गराएको रिपोर्ट लिएर मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै अझै केही महिना सिमाना बन्द राखिनु नेपालको हितमा हुने बताए ।
अर्का स्थानीय दीपक पौडेलले आन्तरिक रुपमा बन्दाबन्दीलाई समाप्त गरिए पनि नेपाल भारत सिमाना अझै छ महिनाभन्दा बढी खोल्न नहुने भन्दै देशभित्रै पनि सामाजिक दूरी र मास्कमा कडाइ आवश्यक रहेको बताए । बन्दाबन्दीलाई समाप्त पारिएझैँ नेपाल भारत सिमाना पनि खुकुलो पारिने हो भने त्यसपछि आउने परिणामको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने अधिकांश स्थानीय बासिन्दाहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!