०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगन्जका मजदुरलाई पीसीआर जाँच

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्जको त्रिभुवनचोक विहान मजदुरको ठूलो संख्या जम्मा हुने गर्दछ । त्यही मजदुरलाई लक्षित गरेर बिहीबार पीसीआर जाँचका लागि स्वाव संकलन गरिएको छ ।
कसौधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । ठूलो संख्यामा जम्मा भएका मजदुरमध्ये ‘केही’ले स्वाव दिएका छन् । केही भने स्वाव दिनतिर नलागेर काम लगाउने मान्छे आउँछ कि भनेर हेरिरहेका थिए ।
कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले माइकमा पीसीआर जाँचका लागि बोलाइरहेका थिए । ‘बाहिर जाँच गर्दा साढे पाँच हजार लाग्छ, अहिले निशुल्क जाँच गर्नुस्’ अधिकारीहरुले मजदुरलाई भनिरहेका थिए ।
नेपालगञ्जमा ‘पहुँचवाला’को मात्रै पीसीआर जाँच भएको गुनासो गरिएपछि जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । स्वाव संकलनस्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ पनि देखिएका थिए ।
कामका लागि विहान चोकमा जम्मा हुने मजदुरसँगै आसपासका दोकान र घरमा बस्नेहरुले स्वाव दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ३ सय ६५ जनाको नाम दर्ता गरेकोमा १ सय ३० जनाको स्वाव लिइएको जानकारी दिनुभयो ।
बाँकेमा दश हजारबढीको पीसीआर जाँच गरिसकिएको छ । नौ हजार बढीको आरडीटी जाँच गरिएको छ । ३ सय ९६ जना संक्रमित भएका छन् । निको हुन बाँकी २४ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!