०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सल्यानमा बोलेरो र मोटरसाइकल ठोकिँदा एक कर्मचारी घाइते

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

तेज वली
सल्यानमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदाँ सल्यानमा एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । खलंगा-श्रीनगर सडक खण्डको मैसेपानी क्षेत्रमा बुधबार दिउँसो १ बजेतीर भएको दुर्घटनामा परेर नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी घनश्याम न्याैपाने घाइते भएका हुन् ।
मोटरसाईकल चालक रहेका न्यौपानेकाे घर शारदा नगरपालिका १ हाे । श्रीनगरबाट खलंगा आउदैँ गरेको न्याैपाने सवार रा ५ प ६८०१ नम्वरको मोटरसाइकल र खलंगा देखी श्रीनगर तर्फ जादैँ गरेको भे १ च १२९९ नम्वरको बोलेरो पिकअप एकआपसमा ठोक्किएर दुर्घटना भएको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!