०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

सल्यानमा बोलेरो र मोटरसाइकल ठोकिँदा एक कर्मचारी घाइते

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

तेज वली
सल्यानमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदाँ सल्यानमा एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । खलंगा-श्रीनगर सडक खण्डको मैसेपानी क्षेत्रमा बुधबार दिउँसो १ बजेतीर भएको दुर्घटनामा परेर नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी घनश्याम न्याैपाने घाइते भएका हुन् ।
मोटरसाईकल चालक रहेका न्यौपानेकाे घर शारदा नगरपालिका १ हाे । श्रीनगरबाट खलंगा आउदैँ गरेको न्याैपाने सवार रा ५ प ६८०१ नम्वरको मोटरसाइकल र खलंगा देखी श्रीनगर तर्फ जादैँ गरेको भे १ च १२९९ नम्वरको बोलेरो पिकअप एकआपसमा ठोक्किएर दुर्घटना भएको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!