१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कोरोना सङ्क्रमणहरु देखिएपछि जिल्ला प्रशासनले शनिबारदेखि अनिश्चितकालीन कर्फ्यु आदेश

Logo
प्रकाशित शुक्रबार, साउन ०९, २०७७

राहुल गुप्ता
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।
यसैबीच पर्सामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सात महिलासहितमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदन उपाध्यायले बताए ।
उनका अनुसार सङ्क्रमित हुनेमा नौमहिने बालकदेखि ६० वर्षीयासमेत छन् । सङ्क्रमित हुनेमा छिपहरमाई गाउँपालिका– ३ का २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटारका ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ वर्षीय पुरुष तथा अन्य सबै वीरगञ्ज निवासी रहेको जनाइएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका पाँच थुनुवा पनि सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । उनका अनुसार सङ्क्रमित हुनेमा २६ जना पर्साका, एक जना बाराका र पाँच जना भारतीय छन् । यसअघि पनि १७ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो । सोमध्ये एक जनाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!