०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न बिभिन्न स्थानमा सचेतना वोर्ड राखियो

Logo
प्रकाशित शुक्रबार, साउन ०९, २०७७

सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले शुक्रबार दुर्घटना न्यूनीकरण गर्न राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा ट्राफिक सचेतना वोर्ड राखिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नकालागि शुक्रबार बिभिन्न स्थानमा ट्राफिक सचेतना वार्ड राखिएको हो ।
दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मी सिनियर हवलदार टेकबहादुर कुसारीसहितको टोलीले सल्यान र दाङको सीमानामा समेत बोर्ड राखेको छ ।
साँघुरो सडक, खाल्डाखुल्डी, बिभिन्न स्थानमा घुम्ती भएकाले दुर्घटना हुन सक्ने भन्दै सचेतना वोर्ड राखिएको हो । थ्री जी कनस्ट्रक्सन प्रालिका सञ्चालक आशिष मल्ललगायतका संस्थाले बोर्ड सहयोग गरेका थिए ।
उक्त बोर्डहरु अस्थायी प्रहरी कार्यालय गोठीखोलामा एक कार्यक्रम गरि मल्लले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव वबहादुर सिंहलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा डिएसपी सिंहले तुलसीपुर क्षेत्रमा दुर्घटना न्यूनिकरणकालागि अभियान सञ्चालन गरेको बताए । ह्वील लकदेखि बिभिन्न अभियान अघि बढाएको उनको भनाई छ । त्यस अवसरमा बक्ताहरुले राप्ती लोकमार्ग साघुँरो हुँदा दुर्घटनाको जोखिम बढेकाले यो अभियान जारी गरेको तुल्सीपुर ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!