०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

दाङमा शनिबार सवारी दुर्घटना हुँदा उपचारको क्रममा २ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

एबिसी संचार दाङ राप्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मध्य २ जनाको ज्यान गएको छ । लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पौने ७ बजे ठक्कर दिदा घाइते भएका ५० वर्षिय गाउँका अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षिय छोरा निसान चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिएका छ्न ।
गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर घाइते अन्य ३ जनाको बुटवलमा उपचार भइरहेको छ ।
घाईते राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् । गुरही सेलाउने क्रममा स्कारपियो जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]