२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भेरी अस्पतालमा सबैभन्दा बढि कोरोना परिक्षण

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

महेन्द्र सिंह बाँके नेपालमा शनिबार बेलुकासम्म ३ लाख ३९ हजार १५७ जनाको कोरोना परिक्षण भएको छ । RT-PCR विधिबाट गरीएको परिक्षणमा सबैभन्दा बढि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ८२ हजार ३ सय ३० जनाको स्वा परिक्षण गरीएको छ भने दोस्रो सबैभन्दा बढि परिक्षण बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पतालमा शनिबार बेलुकासम्म १९ हजार जनाको स्वाव परिक्षण गरीएको छ । जसमध्ये बाँकेका मात्र ४ सय जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन । बाँकेका ३७२ जना कोरोनालाई जित्दै सकुशल घर फर्किएका छन । बाँकी रहेको २६ जनाको आईसुलेशन सेन्टरमा उपचार भईरहेको छ ।
बाँकेका अलावा भेरी अस्पतालको ल्यावमा बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुम लगाएत जिल्लाबाट संकलन गरीएका स्वाव समेत परिक्षण गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भारतसँग जोडिएको पश्चिम नेपालको सबैभन्दा ठुलो नाका भएकाले पनि बाँके तथा आसपासका जिल्लाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन । रोजगारीको शिलसिलामा भारत पुगेका नेपालीहरु आउने क्रम जारी रहेकाले अझैं केही समय उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको श्रेष्ठ बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!