१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

भेरी अस्पतालमा सबैभन्दा बढि कोरोना परिक्षण

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

महेन्द्र सिंह बाँके नेपालमा शनिबार बेलुकासम्म ३ लाख ३९ हजार १५७ जनाको कोरोना परिक्षण भएको छ । RT-PCR विधिबाट गरीएको परिक्षणमा सबैभन्दा बढि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ८२ हजार ३ सय ३० जनाको स्वा परिक्षण गरीएको छ भने दोस्रो सबैभन्दा बढि परिक्षण बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पतालमा शनिबार बेलुकासम्म १९ हजार जनाको स्वाव परिक्षण गरीएको छ । जसमध्ये बाँकेका मात्र ४ सय जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन । बाँकेका ३७२ जना कोरोनालाई जित्दै सकुशल घर फर्किएका छन । बाँकी रहेको २६ जनाको आईसुलेशन सेन्टरमा उपचार भईरहेको छ ।
बाँकेका अलावा भेरी अस्पतालको ल्यावमा बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुम लगाएत जिल्लाबाट संकलन गरीएका स्वाव समेत परिक्षण गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भारतसँग जोडिएको पश्चिम नेपालको सबैभन्दा ठुलो नाका भएकाले पनि बाँके तथा आसपासका जिल्लाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन । रोजगारीको शिलसिलामा भारत पुगेका नेपालीहरु आउने क्रम जारी रहेकाले अझैं केही समय उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको श्रेष्ठ बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!