०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

जिल्ला प्रशासन कार्यालय दाङ ७७ वटै जिल्लामध्य सर्वोत्कृष्ठ

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

सागर थापा दाङ जिल्ला प्रशासन कार्यालय दाङले ए ग्रेड प्राप्त गरी उत्कृष्ट भएको हो । हरेक आर्थिक वर्षको शुरुमै गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच विभिन्न शिर्षकका काम गर्नका लागि अंक तोकिने र त्यसैका आधारमा बितेको आर्थिक वर्षमा दाङ प्रशासनले कार्यसम्पादन राम्रो गरेकोले उत्कृष्ट अंक प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
साथै उहाँले कार्य सम्पादन उत्कृष्ट बनाउनमा सहयोग गर्नेे सम्पुर्ण कर्मचारीहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू लगायत अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भुुमिकाको लागि धन्यवाद एवं हार्दिक आभार व्यक्त गर्नुभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!