१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

बाँकेको खजुरामा बन्चरोको प्रहारबाट श्रीमानको हत्या

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

महेन्द्र सिंह
बाँकेमा श्रीमतीले बन्चरोले हानेर श्रीमानको हत्या गरेकी छन् ।
बाँके प्रहरीका अनुसार, खजुरा गाउँपालिका वडा नं. ६ मा ६५ वर्षीया मिछिया थारुले बन्चरोले हानेर श्रीमान लक्षीराम थारुको हत्या गरेकी हुन् । घरासयी सामान्य विवादमा मिछियाले श्रीमान लक्षीरामलाई बन्चरो प्रहार गरेकी थिइन् ।
घटनाबारेमा थाहा पाएर प्रहरी घटनास्थलमा पुग्दा लक्षीरामको मृत्यु भइसकेको थियो । प्रहरीले मिछियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेशका अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको छ । एसपीलाई फोनमा ‘को हो तिमीहरु’ […]

  धनुषा । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले बताए । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक […]

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक आज (बिहिबार) जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो […]

error: Content is protected !!