०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

दाङको तुलसीपुर क्षेत्रमा नगर प्रहरीको माग

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

तेज वली
दाङ तुलसीपुर क्षेत्रका ब्यबसायीहरुले बजार क्षेत्रमा तत्काल सिसि क्यामरा र नगर प्रहरिको ब्यबस्थापन गर्न माग गरेका छन् ।
आईतबार तुलसीपुर उद्योग बाणिज्य सघंको आयोजना गरेको छलफल कार्यक्रममा कोभिड १९ को ब्यबस्थापन र अपनाउनुपर्ने सतर्कता ,आउदै गरेका चाडपर्बहरुमा सुरक्षा योजना बिषयक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा तत्काल सिसी क्यामरा जडान गर्न स्थानीय सरकार सग माग गरेका छन । उनीहरुले बजारलाई ब्यबस्थित गर्न नगर प्रहरी, रात्रिकालिन चौकिदारको उचित ब्यबस्थापन गर्न सुझाब दिएका थिए ।
तुलसीपुर उद्योग बाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकि कार्यबाहक एवम उपप्रमुख माया आचार्यले सबै सगंको सहकार्यमा आफुहरु अगाडि बढिरहेको बताईन् । उनले बजार क्षेत्रमा सिसी क्यामरा जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब बिलम्ब नहुँने प्रतिबद्दता ब्यक्त गरिन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि शिब बहादुर सिंहले बजारमा फाटफुट रुपमा भएका चोरीका घटनाहरुलाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेर चोरहरु पक्राउ गरिसकेको भन्दै पिडित पक्षबाट जाहेरि दिन नमान्दा घटनाहरु बारम्बार दोहोरिएको बताए
उनले पछिल्लो समय तुलसीपुर क्षेत्रलाई शान्त र सुरक्षित बनाउन बिभिन्न योजनाहरु लागु गरेर काम थालनी गरेको समेत बताए ।
कार्यक्रममा शसस्त्र प्रहरी बेश क्याम्पका प्रमुख टेकराज पोख्रेल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पाल,सल्लाहकार नारायण प्रसाद खनाल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,उपाध्यक्ष ललितजगं शाह, प्रेस सल्लाहकार शरद रेग्मी, ब्यबसायीहरु नरेशराज भण्डारी, जनक रावत, सगित बस्याल, बसन्त खडगी, तीर्थ डाँगी, बैजनाथ यादबलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]