०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको तुलसीपुर क्षेत्रमा नगर प्रहरीको माग

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

तेज वली
दाङ तुलसीपुर क्षेत्रका ब्यबसायीहरुले बजार क्षेत्रमा तत्काल सिसि क्यामरा र नगर प्रहरिको ब्यबस्थापन गर्न माग गरेका छन् ।
आईतबार तुलसीपुर उद्योग बाणिज्य सघंको आयोजना गरेको छलफल कार्यक्रममा कोभिड १९ को ब्यबस्थापन र अपनाउनुपर्ने सतर्कता ,आउदै गरेका चाडपर्बहरुमा सुरक्षा योजना बिषयक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा तत्काल सिसी क्यामरा जडान गर्न स्थानीय सरकार सग माग गरेका छन । उनीहरुले बजारलाई ब्यबस्थित गर्न नगर प्रहरी, रात्रिकालिन चौकिदारको उचित ब्यबस्थापन गर्न सुझाब दिएका थिए ।
तुलसीपुर उद्योग बाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकि कार्यबाहक एवम उपप्रमुख माया आचार्यले सबै सगंको सहकार्यमा आफुहरु अगाडि बढिरहेको बताईन् । उनले बजार क्षेत्रमा सिसी क्यामरा जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब बिलम्ब नहुँने प्रतिबद्दता ब्यक्त गरिन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि शिब बहादुर सिंहले बजारमा फाटफुट रुपमा भएका चोरीका घटनाहरुलाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेर चोरहरु पक्राउ गरिसकेको भन्दै पिडित पक्षबाट जाहेरि दिन नमान्दा घटनाहरु बारम्बार दोहोरिएको बताए
उनले पछिल्लो समय तुलसीपुर क्षेत्रलाई शान्त र सुरक्षित बनाउन बिभिन्न योजनाहरु लागु गरेर काम थालनी गरेको समेत बताए ।
कार्यक्रममा शसस्त्र प्रहरी बेश क्याम्पका प्रमुख टेकराज पोख्रेल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पाल,सल्लाहकार नारायण प्रसाद खनाल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,उपाध्यक्ष ललितजगं शाह, प्रेस सल्लाहकार शरद रेग्मी, ब्यबसायीहरु नरेशराज भण्डारी, जनक रावत, सगित बस्याल, बसन्त खडगी, तीर्थ डाँगी, बैजनाथ यादबलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!