२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालमा ब्यापार घाटा खर्बले घट्यो

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो ।
बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘बे्रक’ लगाइदिएको हो । विभागका अनुसार आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ पुगेको हो ।
विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क घटेको देखिन्छ । समग्र आयात नै १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपियाँको अन्तरले नेपालको विदेशी मुद्रा सञ्चिति बढाएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपियाँको विदेशी मुद्राको सञ्चिति छ । जुन समीक्षा अवधि अनुसार एक वर्षको आयात धान्न पर्याप्त देखिन्छ ।
गत आवमा आश्चर्यजनक रूपमा उकालो लागेको नेपालको निर्यात व्यापार अन्तिम चौमासिकमा गरिएको बन्दाबन्दीका कारण सामान्य घट्न पुगेको छ । विभागका अनुसार नेपालले गत आवमा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९८ प्रतिशतले कम हो ।
उक्त वर्ष नेपालले ९७ अर्ब १० करोड रुपियाँको वस्तु निर्यात गरेको थियो । नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको छ । नेपालले मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधित गरेर भारतमा बिक्री गर्दै आएको छ । नेपालको निर्यात बजारमा देखिएको पछिल्लो यो व्यापार प्रवृत्ति एकैपटक निर्यातको महìवपूर्ण अंशसमेत बन्न पुगेको छ ।
नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा १४.६९ प्रतिशतको ह्रास आएको विभागको तथ्याङ्कले देखाउँछ । गत आवमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार अघिल्लो आवको तुलनामा १४.६९ प्रतिशतले घटेर १२ खर्ब ९२ अर्ब ९५ करोड रुपियाँ पुगेको छ । जबकि त्यसअघिको आवमा अन्तर्राष्ट्रिय व्यापारको आकार १५ खर्ब १५ अर्ब रुपियाँ पुगेको थियो । आयातमा भएको गिरावटले समग्र व्यापारमा यसको हिस्सा ९३.५९ प्रतिशतबाट घटेर ९२.५६ प्रतिशत पुगेको छ । सामान्य मात्र घटेका कारण निर्यातको हिस्सा ६.४१ प्रतिशतबाट बढेर ७.४४ प्रतिशत पुगेको छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!